राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरुबीच प्रधानमन्त्रीले बुधबारदेखि गर्नुहुने भारतको राजकीय भ्रमण तथा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।