![tLg k|Tof;L cWoIfx? dtbfg g]kfn kqsf/ dxf;+3sf] @% cf}+ clwj]zgdf ;f]daf/ cWoIfsf tLg k|Tof;L uf]ljGb cfrfo{, tLy{ sf]O/fnf,phL/ du/ dtbfg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/08/Fnj-Election-1-225x150.jpg)
नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।
आज बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।
महासङ्घको नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना (विद्रोही) बीच नेतृत्व हत्याउने रस्साकस्सी छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भइरहेको छ ।
पैंतालीस सदस्यीय कार्यसमितिका लागि आज दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । कूल मतदाता एक हजार ५१६ जनाले मतदान गर्नेछन् ।
मतगणना नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा गरिने कुरा समितिका संयोजक खनालले जानकारी दिनुभयो ।

























