![s[i0f hGdf]T;jsf cj;/df ;f]daf/ kf6gl:yt s[i0f dlGb/ bz{g ug{ k'Ug'ePsf /fi6«klt ljBfb]jL e08f/L dlGb/ kl/;/df /x]sf cGo ;Dkbf cjnf]sg ub{} ;fydf nlntk'/ dxfgu/kflnsfsf k|d'v lr/Lafa' dxh{g . tl:a/ ;f}hGo M pT;jl;+x clwsf/L÷/f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/08/1502726756034__Photo-Courtes-Utsab-singh-Adhikari-225x150.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासको संस्कृति विभागले आज साँझ आर्मी अफिसर्स क्लबमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभएको छ ।
सो अवसरमा भारतको प्रसिद्ध व्याण्ड ‘अस्तिभा द व्याण्ड’ले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले व्याण्डका प्रसिद्ध गायक सलमान खानलगायत कलाकारलाई पुष्पगुछा प्रदान गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल–भारत सम्बन्ध धेरै पुरानो रहेको भन्दै यसलाई अझ विकसित बनाएर लैजाने बताउनुभयो ।
उहाँले भारतको स्वतन्त्रता दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालको राष्ट्रपति आएर शोभा बढाइदिएको भन्दै उहाँलाई धन्यवाद व्यक्त गर्नुभयो ।

























