र अबिरल वर्षाका कारण ठाडो खोल्सामा आएको भल बाढीले दक्षिणी रसुवाको पारच्याङ इलाका क्षेत्रका खोलामा झोलुङ्गे पुल बगाउँदा ग्रामीण समुदायका बासिन्दाको आवागमनमा समस्या परेको छ ।
नौकुण्ड गाउँपालिका–३ को फामचेत र चिलाउने गाउँबीच पुङ खोलाको झोलुङ्गे पुल बगाउँदा आवागमन बन्द रहेको स्थानीयवासी पूर्णबहादुर तामाङले जानकारी दिनुभयो ।
प्रहरी चौकी पारच्याङका अनुसार पुङ खोलाको माथिल्लो भागमा रहेको सिमेन्टको पुल पनि बाढीले क्षति पु¥याउनुका साथै साङ्गाचौरको राममन्दिर पनि पहिरोको उच्च जोखिममा रहेको छ ।
यस्तै रसुवा र नुवाकोट जिल्लाको सिमाना जोड्ने बेत्रावतीको झोलुङ्गे पुल पनि खोलामा आएको बाढीले पूर्णरुपमा क्षति पु¥याएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ । सो झोलुङ्गे पुल नेपाल केरुङको तत्कालीन व्यापार व्यवसाय सहज पार्न र स्थानीयवासीको साथै सदरमुकाम धुन्चे आवतजावत गर्ने पुल भएको र सो पुल स्थानीय समाजसेवी मोहनबहादुर थापाको सक्रियतामा २०१८ सालमा निर्माण भएको स्थानीयवासीले बताए ।
सो पुल भत्के पनि नजिकै मोटरेबल पुल भएकाले आवतजावतमा भने कुनै कठिनाइ नभएको बताइएको छ ।