![cGt/f{li6«o dlxnf lbj;sf] cj;/df kqsf/nfO{ cGt{/jftf{ lbg] qmddf lvlrPsf] /fi6«klt ljBfb]jL e08f/Lsf] kmf]6f] . tl:a/ M k|bLk/fh jGt,/f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/08/bidya-bhandari-225x150.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर शुक्रबार एकै घरका चार जनासहित छ जनाको तथा डोटीमा जिप दुर्घटनामा परी नौ जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
साथै, राष्ट्रपतिले देशका विभिन्न भागमा बाढीपहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्राकृतिक प्रकोपबाट हुने क्षति घटाउन सरकार सधैँ सजग रहनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको छ । उहाँले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका घटना र सडक दुर्घटनाबाट हुने जनधनको क्षतिप्रति सचेत रहन सम्बद्ध सबै सरकारी निकायलाई अविलम्ब ध्यान दिन आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

























