![/fd3f6df zªv :tDe emfkfsf] d]rLgu/–!) w'nfjf/Ll:yt gGbf gbLsf] t6df /fd3f6 ;]jf ;ldltn] lgdf{0f u/]sf] @& lkm6 cUnf] zªv :tDe . lkt[ df]Ifsf nflu ? !# nfvsf] nfutdf of] :tDe lgdf{0f ul/Psf] xf] . tl:a/ M rGb|snf e08f/L, emfkf, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/07/1501051760547_CB_Jhapa_260717_3-100x150.jpg)
काँकडभिट्टा (झापा) झापाको मेचीनगर–१० धुलाबारीमा २७ फिट अग्लो शङ्ख स्तम्भ निर्माण गरिएको छ ।

नन्दा नदी किनारमा रु १३ लाखको लागतमा रामघाट सेवा समितिले पितृहरुको स्मृतिमा सो स्तम्भ निर्माण गरेको हो ।
जमिनको सतहबाट २७ फिट अग्लो स्तम्भको टुप्पामा आठ फिट लम्बाइ र चार फिट उचाइ भएको सेतो शङ्ख राखिएको छ । यस्तो शङ्ख आकृति भएको स्तम्भ नेपालमै पहिलो भएको रामघाट सेवा समितिका अध्यक्ष ललित बोहोराले बताउनुभयो ।
मुख उत्तरतिर र पुच्छर दक्षिणतिर फर्किएको यो विशाल शङ्ख स्तम्भको निर्माण सिमेन्ट, रड र टायलको प्रयोगबाट भएको छ ।
दिवङ्गत पितृहरुको मोक्ष अर्थात् श्राद्धका लागि निर्माण गरिएको चार फिट वर्गाकार फेद भएको यो स्तम्भमा एक फन्का मार्दा १०८ फिट परिक्रमा गरेसरह पुण्य प्राप्ति हुने अध्यक्ष बोहराको भनाइ छ ।
मेचीनगर नगरपालिकाका इञ्जिनियर भूपेन्द्र तामाङले डिजाइन गरेको यो स्तम्भ भूकम्प प्रतिरोधी रहेको छ । दुई वर्षअघि धुलाबारीस्थित नन्दा नदी छेउमा रु एक करोड २५ लाखको लागतमा दाहसंस्कार गर्ने सुविधासम्पन्न रामघाट स्थापना गरिएको थियो । उक्त सुविधासम्पन्न भवनमा दुई शवदाह गृह, तीन चौतारो, मलामी विश्रामालय, क्रियापुत्री बस्ने चार कोठा, २०० जना अटाउने हल र दुईवटा कार्यालय कोठा रहेका छन् ।
शवदाह गृह र मलामी विश्रामालय बनेपछि ज्यामिरगढी, इँट्टाभट्टा, धुलाबारी, मागुरमाडी लगायत क्षेत्रका बासिन्दालाई मृत्युसंस्कारका लागि सुविधा भएको छ । सो क्षेत्रमा यो शङ्खसहितको पितृ स्तम्भ बनेसँगै पर्यटकको आकर्षण बढ्न थालेको पनि अध्यक्ष बोहाराले बताउनुभयो ।
























