- आगामी अशोज २ गते हुने २ नम्वर प्रदेशको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर शान्ति सूरक्षाको व्यवस्था कडा पार्नुूको साथै यस क्षेत्रमा हुने अपराधिक गतिविधि र तस्करहरुलाई व्यापक रुपमा नियन्त्रण गरेको साथै यो पॉच महिनाको अवधिमा बिगतको तुलनामा राजश्वमा बृद्वि भएको मध्यक्षेत्रका डिआइजी नरेन्द सिंहले बताए ।
- स.प्र.बल नेपाल मध्य क्षेत्र रुद्र बाहिनीको जिम्मेवारी अन्तर्गत मध्यमाञ्चल बिकास क्षेत्रका १६ जिल्ला हरु (काठमाण्डौ उपत्यका बाहेक) पर्दछन् । यस मध्य क्षेत्र अन्तर्गत बाहिनी १, गण ४, सीमा सुरक्षा कार्यालय ८, गुल्महरु ७ र बिओपिहरु ३९ गरी जम्मा ५९ वटा स्थायी युनिटहरु रहेका छन् । त्यस्तै बिभिन्न उदेश्यका (जस्तै: वन सुरक्षा, आयोजना स्थल सुरक्षा, कारागार सुरक्षा, हाई-वे सुरक्षा) को लागि मध्य क्षेत्र अन्तर्गतका बिभिन्न जिल्लाहरुको ७१ स्थानमा अस्थाई सुरक्षा बेशहरु रहेका छन् ।
यस क्षेत्र अन्तर्गत काभ्रेपाञ्चोक र नुवाकोटमा स.प्र.बल नेपालका युनिटहरु रहेका छैनन् भने धादिङ्ग, मकवानपुर, दोलखा, रामेछाप र सिन्धुलिमा अस्थाई युनिटहरु मात्र छन् ।
- स.प्र.बल नेपाल मध्य क्षेत्र अन्तर्गत रहेका युनिटहरुबाट दैनिक शान्ति सुरक्षा कायम गर्ने बाहेक सीमा सुरक्षा, आई.आर.टि., Vital installation सुरक्षा, औधोगिक तथा हाईड्रो पावर सुरक्षा, कारागार सुरक्षा, वन सुरक्षा तथा राजश्व गस्ति तथा भन्सार सुरक्षाको जिम्मेवारी लिई परिचालन रहेको छ ।
- स्थानिय तह निर्वाचन २०७४ अन्तर्गत यस मध्य क्षेत्र मातहत प्रदेश नम्बर ३ का १० जिल्लाहरुमा २०७४।०२।३१ गते सम्पन्न निर्वाचनमा स.प्र.बल नेपालको केन्द्रीय नीति बमोजिम ४७८९ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालित गरी क्षेत्रीय सुरक्षा समिति तथा जिल्ला सुरक्षा समिति संग आवश्यक समन्वय गरी निर्वाचनलाई भय रहित शान्ति पुर्ण वातावरणमा सम्पन्न गराउन सफल भएको ।
- स.प्र.बल नेपालले फागुन महिना देखि हाल सम्म बिभिन्न प्रकारका प्रतिबन्धित लागु औषध बरामद गरी नश्ट गरेको छ । हाल सम्म २०.५७ केजि गाँजा, चरेश ५२.५ के.जि. डाईजोपाम, फेनार्गन, नुफ्रिन १४५३ गोटा, कोरेक्स २० बोतल, नाईट्रोभेट ८०४ गोटा बरामद गरेको छ । त्यस्तै फाल्गुन देखि हाल सम्म १० धुर क्षेत्रफलमा लगाईएको गाँजा स.प्र.बल नेपालको टोलीद्धारा फडानि गरेको छ ।
- मध्य क्षेत्र अन्तर्गतका स.प्र.बल नेपालका युनिटहरुले माघ देखि हालसम्म १ करोड ४८ ख ४१ हजार ७ सय ४६ बराबरको अबैध सामान बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ ।
- मध्य क्षेत्र अन्तर्गतका स.प्र.बल नेपालका युनिटहरुले माघ देखि हालसम्म बिभिन्न प्रकारका ३८२.४५ क्युफिट (अ.मुल्य रु. ५०,१८,५९७।-) अबैध वन पैदावर बरामद गरी वन कार्यालयमा बुझाएको छ ।
- मध्य क्षेत्र अन्तर्गतका जिल्लाहरुमा फाल्गुन महिना देखि हाल सम्म ४१० स्थानमा सवारी दुर्घटना भएको जसमा ९३९ जना घाईते र १०७ जनाको मृत्यु भएको छ । जस मध्ये स.प्र.बल नेपालको २५२ स्थानमा २३०० जना जनशक्ति परिचालन भई उद्दार कार्य गरेको छ । त्यस्तै २०१ स्थानमा भएको आगोलागीका घटनाहरुमा ६ जना घाईते र १ जनाको मृत्यु भएको छ । जसमा स.प्र.बल नेपालको १५८ स्थानमा २०२६ जना परिचालन भएको छ ।
- त्यस्तै बिपद् ब्यवस्थापनका लागि म.क्षे.अन्तर्गत बाहिनीमा बिपद् ब्यवस्थापन तालिम प्राप्त १ प्लाटुन, गणहरुमा १ प्लाटुन, सीसुकाहरुमा १ प्लाटुन, नफ्रिमा २४ सै घण्टा परिचालित हुन सक्ने गरी तयारी हालतमा स्ट्याण्डवाई राख्ने गरिएको ।