![cWoIf cf]nL r'gfjL ;efdf g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL dªunaf/ emfkfsf] bdsl:yt s[i0fdlGb/df cfof]lht r'gfjL ;efdf af]Nb} . tl:a/ M ;'dg l3ld/], pnf{af/L-df]/ª_, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/06/1497954105840_SG_Jhapa190617_kp-oli-225x150.jpg)
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट भाग्न खोज्नेलाई आफूहरुले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याई संविधान कार्यान्वयन गराइछाड्ने बताउनुभएको छ
अध्यक्ष ओलीले उर्लाबारीसँगै जोडिएको दमकस्थित कृष्णमन्दिरमा आयोजित कोणसभामा एमालेले जनताको भारी अभिमत पाएर दमक, झापाका साथै देशभर विकास निर्माणको लहर अगाडि बढाउने योजना बनाइरहेको जानकारी दिनुभयो ।
नेता ओलीले विपक्षी दलको गठबन्धनका बाबजुद पार्टीले पहिलो चरणमा तीन प्रदेशमा ४५ प्रतिशत मत ल्याएकामा १ नं प्रदेशमा ६५ प्रतिशत मत हासिल गर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा एमाले नेता अग्नि खरेल, काठमाडाँैं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितलगायतले देशलाई समृद्ध बनाउने योजनामा एमालेको जित आवश्यक रहेको जिकिर गर्नुभयो ।

























