राष्ट्रपति विद्यादेबी भण्डारीले सहमतिय सरकार गठन गर्न दिएको सात दिनको समयसिमा समाप्त भए लगत्तै बहुमतिय सरकार गठनको प्रक्रिया अगाडि बढाउन आह्वान गरेकी छिन् ।
नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोविम व्यवस्थापकिय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न नसकेपछि संविधानको धारा २९८ को उपधारा (३) बमोजिम संसदको तत्काल कायम रहेका सदस्य संख्याको बहुमतको आधारमा प्रधामन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आह्वान गरेकी छिन् ।
तर भरतपुर नगरपालिकाको मतगणना शुरु नगरेसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष नेकपा एमालेको निर्णयका कारण तत्काल प्रक्रिया अगाडि नबढ्ने देखिन्छ ।