चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न ओली सरकार ढालिएको थियो
‘वान बेल्ट वान रोड’ नीति अनुसार चीन यतिबेला दक्षीण एशीयासँग जोडिन चाहन्छ । त्यसका लागि नजिकैको मुलुक नेपालको रुट उत्तम भन्ने उसको स्टीमेट छ । सोही कारण केरुङदेखि काठमाडौंसम्म चिनले रेलमार्ग ल्याउने योजना बनाएको छ ।
यसो भएमा नेपाललाई पनि धेरै फाइदा हुन्छ । हामी चिनसँग सिधा जोडिन्छौं र पेट्रोललगायत हाम्रा सारा उपभोग्यवस्तुमा हामी भारतप्रति निर्भर रहनुपर्नेछैन ।
तर, यसको विलकुल खिलाफमा छ, दक्षीणको छिमेकी भारत ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुभएको बेलामा चिनियाँ राष्ट्रपती सि जिनपिङ बोआओ सम्मेलनमा जाने क्रममा एकाध दिन नेपालको पनि भ्रमण गर्न इच्छुक हुनुहुन्थ्यो । किनकी, केरुङ–काठमाडौं रेलमार्ग जिनपिङको व्यक्तिगत सपना पनि रहेछ । नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्बन्धी सम्झौता गर्ने र त्यसपछि दुबै देशका राष्ट्रपतीबाट त्यसको औपचारीक घोषणा गर्नेसम्मको सोच रहेछ ।
प्रधानमन्त्री ओलीले महामहिम राष्ट्रपति जिनपिङको भ्रमणको तयारी गर्न थाल्नुभयो ।
यता, भारतमा छटपटी बढीहाल्यो ।
यस क्षेत्रका मुलुकहरुवीच हुने साझेदारीमा नेपाललाई समावेश गर्न भारत किमार्थ चाहदैन । उ नेपाललाई दबाएरै, गरीब बनाएरै राख्न चाहन्छ ।
सोही कारण चिनको ‘वान वेल्ट वान रोड’ नीतिलाई यस क्षेत्रका तिनवटा मुलुकले मात्र मानेका छैनन् । श्रीलंका, पाकिस्तानलगायतका मुलुकले त्यसमा सहमती जनाइसकेको भए पनि बँगलादेश, भुटान र नेपालले अझै स्वीकार गरेका छैनन् ।
भुटान त भारतको करीब करीब उपनिवेश भैसक्यो । बँगलादेशमा पनि प्रो. इन्डियन सेख हसीना बाजेद सत्तामा छिन् । भुटान र बँगलादेश त भारतका पिछलग्गु भइहाले । नेपालले चाँही आफ्नो छिमेकी मुलुक चिनको सो प्रस्तावलाई अस्वीकार गर्नु जरुरी थियो ? थिएन ।
किनकी, नेपालसम्म चिनको सडक र रेलमार्ग जोडिनु भनेको नेपालकै हितमा हुन्थ्यो । चिनको करीब डेढ अर्ब जनसँख्यामध्ये एक प्रतिशत अर्थात डेढ करोड पर्यटक मात्र नेपालमा वर्षेनी घुम्न आए भने नेपालको समृद्धिको स्तर कति माथि पुग्ला ? अनुमान गरौं त ।
दक्षीण एशीयामा चिन त पसीसकेको छ, अब उसलाई रोक्नसक्ने ल्याकत भारतको पक्कै छैन । बंगलादेश पनि चिनतीर ढल्कीने हो कि भन्ने चिन्ताले हालै मात्र भारतको भ्रमणमा गएकी बँगलादेशकी राष्ट्रपती सेख हसीना बाजेदलाई लिन उनका भारतीय समकक्षी नरेन्द्र मोदी विमानस्थलमै पुगेका थिए । बँगलादेशको व्यापक चाकडी गरेका थिए ।
तर, नेपालका हकमा भारतको सोच के छ भने यो हाम्रो गुलाम देश हो । नेपालका धेरै नेताहरु भारतका दलाल भएकाले पनि उसले नेपाललाई हेप्दै आएको हो र नेपालको विकास नहोस् भन्ने उसको ध्येय हो ।
जब केपी ओलीको सरकारले भारतीय नाकाबन्दीको विरोध गर्दै चिनसँग सम्बन्ध बढाउन थाल्यो, जब केरुङ–काठमाडौं रेल मार्गको पक्षमा प्रकृया अघि बढाइयो अनि चिनिया राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने तयारी हुन थाल्यो, भारतले ओली सरकार ढाल्ने खेल सुरु गरिहाल्यो ।
ओली सरकार ढाल्नका लागि भारतले माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउन र धम्काउन थाल्यो ।
फकाउनुको अर्थ–प्रधानमन्त्री बनाइदिने ।
धम्क्याउनुको अर्थ–अख्तीयार लगाएर जेलमा जाकिदिने ।
भारतीय पक्षबाट आएको धम्की र प्रलोभनले प्रचण्ड केही दिन अलमलमा परे ।
सायद उनले सोचे होलान्, जेलमा जाकिनूभन्दा प्रधानमन्त्री बन्नु बेस ।
भारतले अर्को गोटी फिट गरीसकेको थियो, काँग्रेस सभापति शेरबहादुर देउवा ।
प्रचण्ड र देउवाले पालैपालो दिल्ली भ्रमण गरीसकेका थिए र उनीहरुवीच नयाँ सत्ता समीकरणको खिचडी पाक्दैथियो ।
पहिलो पटक बहकीसकेका प्रचण्डलाई एमालेले बल्ल बल्ल थामथुम पा¥यो ।
तर, दोश्रो पटक प्रचण्ड दिल्लीको दलदलमा फँसीहाले ।
यसो भनौं, दिल्ली सामु लम्पसार परे ।
अनि विकसीत हूदै गएको राष्ट्रिय स्वाभिमान र चिनसँगको सुमधुर सम्बन्धको नयाँ युगको सम्बन्धलाई तिलाञ्जली दिदै उनी ‘बाबुराम भट्टराई पथ’मा लम्कीए । हुँदा हुँदा उनी बाबुरामभन्दा पनि चर्को भारतपरस्त भए ।
जब सत्तासमीकरणको खेल सुरुभयो । त्यतिबेला प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँगको भेटमा भनेका रहेछन्, ‘प्रचण्डजी एक महिना मलाई छोडिदिनुस् । चिनियाँ राष्ट्रपतीको नेपाल भ्रमण होस्, देशको हितका लागि दुरगामी महत्वका केही काम हुँदैछ, एक महिनापछि म आफै तपाईलाई सत्ता छोडिदिउँला ।’
प्रचण्डलाई दिल्लीले दलाली ब्राण्डको इन्जेक्सन लगाइसकेको थियो । प्रचण्डले ओलीको त्यो सदाशयता र राष्ट्रहितको प्रस्तावलाई लत्याइदिए र सत्ता समीकरणको जोडघटाउमा लागे ।
नेपालको बदलीदो परिस्थितिका कारण चिनियाँ राष्ट्रपतीको नेपालमा भ्रमण हुन पाएन । केरुङ–काठमाडौंसम्मको रेल मार्गको सम्भावना पनि हाललाई ट¥यो ।
त्यही भारत हो जसले कुनैबेला चिनीया सीमामा भारतीय चेकपोस्ट राखेको थियो । त्यही भारत हो जसले कुनैबेला प्रधानमन्त्री टँकप्रसाद आचार्यले नेपाल र रुसवीच दौत्य सम्बन्ध राख्दा विरोध गरेको थियो । त्यही भारत हो जसले चिनसँग जोडने कोदारी राजमार्ग निर्माणमा अवरोध गरेको थियो । त्यही भारत हो जसले सिन्धुली बर्दीवास जोडने बिपी हाइवे फराकिलो हुन दिएन ।
कहिले कोशी, कहिले गण्डक । कहिले महाकाली अनि कहिले सुस्ता । कहिले कालापानी अनि कहिले मेची सिमा । अनि कहिले भुटानी शरणार्थी । भारतले हामी नेपालीलाई दिएका पिडाका पोकाहरु हुन् । यी पिडा शान्त नहुँदै उसले नाकाबन्दीको आगो हाम्रो मुखमा झोँसीदियो । धन्न, प्रधानमन्त्री केपी ओली यस्ता शाषक भैदिए, जसले संभवनतः भिमसेन थापापछि भारतीय शाषकहरुसँग ठाडै भिडने हिम्मत देखाए ।
दिल्ली सम्झौतादेखि आजसम्म हामी नेपालीको समृद्धिको सपनामा भाँजो हाल्दै आएको भारतलाई शिर ठाडो पारेर चुनौती दिनसक्ने नेता प्रधानमन्त्री केपी ओलीलाई प्रचण्डजस्ता छोटे लेण्डुपहरुको सहयोगमा सत्ताबाट हठात गिराउने काम भयो । नेपालको इतिहासमा भावी पिढीले यो घटनालाई नेपाली राष्ट्रियतामाथिको अक्षम्य प्रहार र अपराधका रुपमा लिनेछन् । अनि प्रचण्डलाई नेपाली इतिहासले लेण्डुपकै हाराहारीमा राख्नेछ । पद र पैसाको प्रलोभनमा प्रचण्डले आफुले हाँकेको जनयुद्धको अवमुल्यन मात्र गरेका छैनन, उनको युद्धका कारण मारिएका १५ हजार नेपालीको रगतको उपहास पनि गरेका छन् ।
यतिबेला भारत निर्वाचनका नाममा फेरी अर्को षडयन्त्रमा जुटेको छ । दुई चरणमा निर्वाचन गर्ने मधेशी दलहरुको मागले पहाड र मधेशलाई अलग गर्ने काम गरेको छ । पहिलो चरणमा पहाडमा चुनाव गर्ने अनि दोश्रो चरणमा मधेशमा । यो प्रकृयाले एउटै देशमा दुईवटा राष्ट्रियताको विषवृक्ष रोपिदिएको छ । यो पनि दिल्लीकै चाल थियो र त्यसका मतियार बनेका छन्, प्रचण्ड र देउवा ।
यी त गोटी हुन्, गोटीहरु प्रयोग हुन्छन् अनि एक दिन फयाँकीन्छन् ।
फयाँकिएको दिन फुटपाथबाहेक उनीहरुको स्थान जनताको हृदयमा पक्कै हुनेछैन ।
अहिले जनताको हृदयमा बसेका छन्, केपी ओली ।
अतः यो पँक्तिकार सगर्व ओली कमरेडलाई भन्न चाहन्छ, कमरेड लाल सलाम ।
(लेखक भट्टराई वरिष्ठ पत्रकार हुन)