“जनताको काखमा रहेर जनताको साथ लिएर आफुभन्दा अतिराम ठूला प्रतिद्वन्द्वीलाई पराजित गर्न सकिन्छ”– होची मिन्हा
नयाँ भियतनामका जनक होची मेन्हको सिको नगरिकन अहिले नेकपा (एमाले) जनताको काखमा छ र जनताको साथमा छ । एमाले संगठनका गुरु शक्राचार्य मानिने जीवराज आश्रितले यस पार्टीलाई जहिले पनि पार्टीलाई किसानको घरमा बास गराउनतिर जोड दिनु हुुन्थ्यो । केही दर्जन धनाढ्य, नवधनाढ्य, कमिसनखोर र दलालहरुको भर पर्ने होइन पार्टीलाई व्यापक जनताको बीचमा पु¥याउनु पर्ने र स्थानीय नेतृत्वको विकासमा जोड दिन बहुदलीय जनवादी सिमामा अहिले एमाले ठिक ढंगले उभिएको छ । जनजीविका, देशभक्ति, जातीय सद्भाव, क्षेत्रीय सन्तुलन, लोकतान्त्रीक उपलब्धीहरुको रक्षा, संविधानको कार्यान्वयन, हस्तक्षेपको प्रतिरोध देखी पारवहन नीतिमा ल्याएको युगान्तकारी छलाङमा एमालेले प्रदान गरेको दरिलो नेतृत्वले आगामी केही दशकहरु निसन्देहरुपले प्रभावित हुनेछन् । यसरी बहुआयामिक ढंगले एमालेको उपस्थितीमा बढोत्तरी हुन र नेपाली कांग्रेसमा एमालेको लोकप्रीयता देखेर चिडचिडाहट छाउनुमै राष्ट्रिय संकटको गाँठो परेको छ ।
पछिल्ला लक्ष्यले देखाएको छ कि सप्तरी काण्डमा मधेशबादी मोर्चाको आक्रोशमा कांग्रेसले ठूलो योजना बनाएको रहेछ । महन्थ ठाकुरहरुलाई निचोरेर जुस अँठ्याइ सकेकोले कांग्रेसको लागि चिन्ताको बिषय नेपाली राजनीतिका निचोरिएका छोक्राको रुपमा रहेका मधेसबादी घटकहरु होइनन् । २०७० को चुनावी परिणामबाट मृत घोषित भैसकेको र आगामी चुनावमा शवदाह र अन्तिम संस्कारको भागेदर हुने एमाओवादी केन्द्र पनि कांग्रेसको नजरमा नाथे नै हो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशिल कोइराला, महेन्द्रनारायण निधि, भीमबहादुर तामाङ जस्ता आलोकहरुको छहारीमा रहँदाको अतिरिक्त लाम विगतमा कांग्रेस नेताहरुले उठाएकै हुन् । एक हिसावले हिजोसम्म कांग्रेस त्याग र व्याग दुबैको सन्तुलनमा रहेर देशको मियो बनिरहेको थियो । मदन भण्डारी, मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई जस्ता हस्ती र प्रतिभाले दिएको टक्करका बावजुद कांग्रेस देशको भाले मेरुदण्ड बनिरह्यो । विरासतको रक्षा गर्न सकिरहेको छैन । त्यागको भन्दा व्यागको पल्ला भारी छ । जसरी कांग्रेस स्वास्नी सिंगार्ने, देश विगार्नेको फ्लपमा पतन भैसकेको छ । त्यँहा चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, बद्रीप्रसाद पाणे भन्दा गगन थापा, अमरेश कुमार सिंह हावी छन् । जो लठुवा त्यही कांग्रेसको अगुवा हुने उत्तराधिकारी सम्बन्धी आलिसित कानुन अविछिन्न छ । गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई भन्दा गिरिजाप्रसाद कोइराला हावी हुनु र रामचन्द्र पौडेल भन्दा देउवा हाबी हुनु यसको उदाहरण हो । भविष्यमा पनि दक्षिणकै धाप, छाप र आशिर्वादले कांग्रेसजन को भाग्यरेखा कोरिनेमा कुनै मत शंका छैन । देशभन्दा जनता जर्नादनको अविश्वसनिय अकल्पनीय र अभुतपूर्व रुपले ओली लहरमा चुनावमा कांग्रेस नबढारिएसम्म कागं्रेसमा भारतको प्रभाव, नियन्त्रण र निर्देशन घट्ने छाँटकाँट छैन । यही फागुन २१ गते देखि तराईमा मेची–महाकाली जागरण अभियानमा एमालेको पक्षमा राजवंशी, थारु, धिमाल, मुस्लिम, यादव, मुसहर, दलित जनजाति समुदायको जनलहर आएपछि कांग्रेसहरु चुनाब टार्ने निहु खोजिरहेका छन् । मधेसवादीलाई अलिकता उत्तेजित पार्ने, तराई अस्तव्यस्त भएको निहुँमा चुनावबाट भाग्ने र आलोपालो सरकार संचालनको मुद्दा उठाएर सिंहदरबार प्रवेश गर्ने सोझो जोडघटाउमा कांग्रेस सभापति शेरबहादुर देउवा अलमलिएकाले कांग्रेसले निकास दिनेमा कुनै विश्वास गर्न सकिन्न । नेविसंघ हार्ने भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विश्वविद्यालयको गरिमामाथि नै आघात पुग्ने गरी थुप्रै क्याम्पसमा प्रहरी“कु”द्वारा स्ववियु चुनाव भाड्नुले कांग्रेसको बाङ्गो नियत अनुमान लगाउन सकिन्छ । स्ववियु चुनावको लथालिङ्ग अवस्था कांग्रेसको स्थानीय तह, प्रदेश र संघीय संसद तीनै चुनाव भाँडेर दक्षिणको निर्देशनमा मुलुकमा संवैधानिक संकट निम्त्याउने अभिष्टको प्रकरीकरण हो ।
गतिमा कुदिरहेको मोटरसाइकलहरुलाई उभिरहन टेकोको जरुरत पर्दैन । माक्र्सले त्यसै भनेका थिएनन् कि मानिस त्यतिबेला राम्रो देखिन्छ जति बेला उ काम गरिरहेको हुन्छ । राजनीतिक दलको काम नै जनताको बीचमा पुग्नु, जनताका कुरा सुन्नु, जनताको एकतालाई मजबुत पार्नु र जनताको लागि योजना तर्जुमा गर्नु र तिनको कार्यान्वयन गर्नु हो । काममा लिन भएर लागेकाले आज एमालेको एकता, सहकार्य, सद्भाव र सहयोगी हातको राज छ । त्यँहा कसैलाई कलह गर्न र कपट गर्ने फुर्सद छैन । सप्तरीमा कांग्रेसले रचेको षडयन्त्र महाभारतमा कौरवहरुले पाण्डवहरुलाई लाहागृहमा जलाएर एकचिहान पार्ने हर्कतकै हाराहारीको छ । सिमापारीका अपराधीसँग हातेमालो गरेर एमालेको नेताहरुको सामुहिक हत्या प्रयास विफल भएपछि निधिलाई न बज्यो मुरली न रह्यो बाँसको पश्चातापले घेरेको हुनुपर्छ । देशको भौगोलिक अखण्डतालाई कायम राख्दै भावनात्मक एकता मजबुत पार्ने दायित्व अतः ऐतिहासिक कार्यभार हो । देशको एकताको तन्तुहरु मजबुत पार्ने चेत भएको एकमात्र दल भएकाले यो कार्यभार पुरा गर्ने आँट र औकात एमालेसँग मात्रै छ । लक्ष्यवर्ती एमाले लगनशीलता, संहिष्णुतामा आफ्नो र देशको भाग्य देखिरहेको छ । स्वप्नदर्शी एमालेले मातृभुमी नेपाललाई समृद्धि, स्वाभिमान, एकता र सद्भावको सौभाग्यले सजाउन चाहन्छ । अधाराजा, धृतराष्ट्रको छहारीमा रहेर कुकार्य गर्ने कौरवहरु जस्तै हस्तक्षेप र विस्तारवादहरुको बाछिटाहरुले अवरोध सिर्जना गरेपनि नेपालले मेची र महाकाली, हिमाल र तराईबीचको शदिआँै देखिको एकता कसैले तोड्न सक्ने छैन । कांग्रेसजति सुकै अत्तालिए पनि माओवादी अन्तिम भोजमै रमाए पनि एमालेले जनता जनार्दनको साथ लिएर यो गीतको भावनालाई सार्थक पार्न सक्नेछ ।
पहाडको स्कुलमा मधेसमुलका गुरु
सद्भाव हो सर्वस्व हाम्रो भाँजो हाल्नेहरु
मातृभुमि अखण्ड हो हिमाल, पहाड, तराई
नेपाली हृदय विशाल कोही छैन पराई