विश्व मानचित्रमा नेपाल एउटा सानो देश भए पनि भौगोलिक विविधता, विविध सामाजिक एवं साँस्कृतिक सम्पदामा सम्पन्न मुलुक भएकाले पर्यटन क्षेत्रमा यसको उच्च स्थान रहेको छ । विश्वकै सबैभन्दा अग्लो हिमचुली नेपालमा रहेको कारण विश्वका प्रमुख पर्यटकिय गन्तव्य स्थलहरु मध्ये नेपाल पनि एक हो । भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य, अपार जैविक स्रोत, विशिष्ट साँस्कृतिक सम्पदा, जीवीत संस्कृति, धार्मिक सहिष्णुता, आत्मीय आतिथ्य लगायतका कुराहरु पर्यटन क्षेत्रमा आवश्यक पर्छन र यी कुरा हामीसँग भएकाले नेपाल पर्यटन विकासको अधिक सम्भावना भएको देश भए पनि पर्यटन क्षेत्रमा अहिले धेरै अवसरका साथसाथै चुनौतीहरु पनि थपिएका छन् ।
विश्वका कैयाँै देशले आज आफ्नो देशको प्रमुख आय स्रोतको माध्यम पर्यटनलाई बनाएर अगाडि बढ्दा राम्रो आम्दानी गर्न सफल भएका छन् । नेपालले पनि आफ्नो देशको पर्यटकिय स्थललाई व्यवस्थित बनाएर लाने हो भने यसबाट ठुलो फाइदा उठाउन सकिन्छ । पर्यटन क्षेत्रबाट आम्दानी गर्नका लागि राज्यले व्यवस्थित रुपमा यसको विकास गर्दै पर्यटकलाई सहजरुपमा पर्यटकिय क्षेत्र पु¥याउने सुविधा र उनीहरुका लागि खानबस्नका लागि उचित व्यवस्था मिलाउने हो भने देशको कुनाकुनामा पर्यटकलाई आकर्षण गर्ने स्थलहरुका रहेका छन् । भौगोलिक हिसावले नेपालमा हिमाल, पहाड र तराई रहेका छन् । विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा र सबैभन्दा होचो स्थान केचना हाम्रै देशमा पर्ने भएकाले नेपालमा पर्यटन क्षेत्रको अधिक अवसर रहेको छ ।
नेपालको तराई क्षेत्रमा विश्वका शान्तिदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै सर्वमान्य राजा जनक, सीताको जन्मस्थल जनकपुर नगरी, त्यस्तै पुर्वी नेपालको धरान, जनकपुर, चितवन लगायत कैयाँै पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु रहेका छन् । त्यस्तै पहाडी क्षेत्रमा पनि ऐतिहासिक स्थलको साथसाथै हरिया डाँडाकाँडा, खोलानाला, झरना रहेका छन् । यहि दृश्य हेर्नका लागि कैयाँै विदेशी पर्यटक नेपाल आउने गर्दछन् । तर, त्यस क्षेत्रसम्म पुग्नका लागि यातायात र बस्नखानका लागि उचित बासको प्रबन्ध मिलाउन नसक्दा पर्यटकले चाँहदाचाँहदै पनि उनीहरुलाई त्यस स्थल सम्म पु¥याउन सकिएको छैन । त्यस्तै नेपालको हिमाली क्षेत्रमा पुर्व मेचीदेखी पश्चिम महाकाली सम्म कँैयौ हिमश्रृङ्खलाहरु छन् । जुन विदेशी पर्यटकको लागि आकर्षणको केन्द्रविन्दु बन्दछ ।
नेपालको सुन्दर पहाडी स्थानहरु अन्नपुर्ण, लाङटाङ, मकालु, माछापुच्छ«े, बरुण, सगरमाथा, रारा, खप्तड, धौलागिरी लगायतका कैँयौ स्थलहरु पदयात्राका लागि विश्वकै लोकप्रिय मानिन्छन् । यस क्षेत्रको पदयात्रा गर्नका लागि विश्वकै मानिसलाई लोभ्याएर पनि यस क्षेत्रमा यात्रा गर्ने स्थान, ठाउँ–ठाउँमा बसेर खाने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने स्थलको पर्याप्त उपलब्धता नभएका कारण कठिन हुने भएकाले पर्यटकहरु नेपाल आएर पनि बाध्यताबश पदयात्रा गर्न नसकेको गुनासो राख्ने गर्दछन् । त्यस्तै नेपालको हिमाली क्षेत्रबाट बगेर पहाड हुँदै तराईमा पुग्ने गरेका विभिन्न नदीनालाहरुमा जलयात्राको प्रचुर सम्भावना रहेको हुन्छ । अझै पनि नेपालका कैँयौ पहाडी क्षेत्रमा रहेका पर्यटकिय स्थलको विकास हुन नसक्दा सम्भावना र अवसर रहँदा रहँदै पनि स्थल हामीले निर्माण गर्न सकेका छँैनौ ।
हाम्रो देश सानो भए पनि यँहा सैँयौ जातिका मानिस एउटै मालामा गाँसिएझै मिलेर बसेका छन् । सबैको आफ्नो धर्म सँस्कृति रहेको छ । विभिन्न चाडपर्बमा सबैले आफ्नो भेषभुषाअनुसार चल्ने गर्दछन् । यहि पर्व भेषभुषालाई मात्रै प्रचारमा ल्याउन सके पर्यटन विकासमा थुप्रै अवसर सिर्जना हुन सक्छ । नेपालको भौगोलिक र साँस्कृतिक परम्पराका आधारमा दृश्यावलोकन पर्यटन, धार्मिक पर्यटन, जातीय पर्यटन, पर्यावरणिय पर्यटन लगायत कँैयौ क्षेत्रहरु रहेका छन् । त्यसलाई व्यवस्थित गर्न सके नेपालमा पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई आर्थिक सम्पन्नता बनाउन सकिन्छ ।
कुनै पनि देशको पर्यटन क्षेत्रका साथसाथै हरेक क्षेत्रको विकास हुनका लागि देशको शासन र राजनीतिक व्यवस्थाले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । नेपालको राजनीतिक अस्थिरताले गर्दा आज कुनै पनि क्षेत्रको राम्रो विकास हुन सकेको छैन । देशको राजनीतिक अस्थिरता गर्दा आज कुनै पनि क्षेत्रको राम्रो विकास हुन सकेको छैन । देशको राजनीतिक अस्थिरताले गर्दा पर्यटन क्षेत्रको प्रचुर सम्भावना भए पनि त्यसको विकास हुन सकेको छैन । विगत दशवर्षे जनयुद्धले गर्दा पर्यटन क्षेत्र डामाडोल भयो भने नयाँ गन्तव्यको निर्माण हन सकेन । विश्व आज एक्काइसाँै शताब्दीबाट पनि अगाडी बढिसकेको अवस्थामा नेपालको विकासको गति भने १८ आँै शताब्दीको विश्व सरह छ । जसले गर्दा पर्यटन विकासको लागि चाहिने आधारभुत क्षेत्रको विकास र विस्तार हुन सकेको छैन ।
नेपालको भ्रमण गर्न आउने विदेशीले नेपाल प्रबेश गरे लगत्तै हरेक क्षेत्रमा समस्या पर्ने गुनासो पाख्ने गर्दछन् । हवाई मार्ग भएर आउने पर्यटक हवाई जहावबाट उत्रने वित्तिकै आफुलाई सुहाउँदो ट्याक्सी नभएको गुनासो पोख्छन् भने ट्याक्सीवालाले नै ठग्ने गर्दछन् । एक त आफुले भनेझँै सुविधा नपाउनु पाए पनि त्यसमा ठगिनाले पर्यटकलाई पहिलो इम्प्रेशन नै व्याड हुन्छ । त्यसपछि बस्नका लागि उचित होटल र खानाका लागि देशअनुसारको नेपालका सबै होटलहरुमा पाइँदैन । त्यस्तै आफु अनुकुलको गाइड नपाउनु, बन्द, हड्ताल र राजनीतिक अस्थिरताले आफु अनुकुल घुम्न नपाउनु, तालिका अनुसार हिँड्न नपाउनु, पदयात्रा, पर्वतिय पर्यटनमा जान यातायात र सुहाउँदो बाटोघाटो नहुन, यातायातको उचित प्रबन्ध नहुनु जस्ता कैँयौ समस्याको साथसाथै ठाउँठाउँमा पर्यटक स्थल वरपर उचित बसोबास र रुचिअनुसारको खाना खान पाउने ठाउँ गाउँगाउँमा नखुल्नु पर्यटकको लागि समस्या बनेको छ ।
बास्तबमै नेपाल पर्यटकिय हिसाबले धनी मुलुक भए पनि यसलाई व्यवस्थित बनाउन नसक्दा आज पछि परेको छ । नेपालमा पर्यटन क्षेत्रको प्रचुर मात्रामा सम्भावना भए पनि पहिलो त्यस स्थानको पहिचान गर्न नसक्नु, दोश्रोमा त्यँहा पुग्न, तेस्रो गन्तव्य स्थलका बारेमा प्रचारप्रसार गर्न नसक्नु, चौथो पर्यटकको लागि खान, बस्न र सुत्नका लागि त्यसको प्रबन्ध मिलाउन नसक्नु, पाँचौ पर्यटकको सुरक्षा दिन नसक्नु जस्ता कारणले गर्दा पर्यटकको विकास हुन सकेको छैन । विश्वको नर्वे, थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, स्वीजरल्याण्ड जस्ता देशहरुले पर्यटन विकासलाई प्राथमिकता दिएर अगाडि बढेको कारण त्यो क्षेत्रबाट उनीहरुले दह्रो आम्दानी गरिरहेका छन् । प्राकृतिक हिसावले नेपाल पनि सम्पन्न भएकाले उनीहरु जस्तै बन्न सक्ने प्रशस्त सम्भावना रहेको छ ।
यदि नेपालमा हामीले पर्यटन व्यवसायमा शान्ति, पुर्वाधार र प्रचारप्रसार गर्न सके हाम्रो लागि यो क्षेत्र दुहुनो गाई बन्न सक्छ । त्यसका लागि सबै क्षेत्रले साथ दिनुपर्छ । राज्यले पुर्वाधार विकासमा जोड दिनुपर्छ । पर्यटन क्षेत्रमा लागेका व्यवसायीले स्वदेश र विदेशमा यसको व्यापक प्रचारप्रसार गर्नुपर्छ । पर्यटन व्यवसायलाई प्राथमिकतामा राखेर राज्यले योजना निर्माण गर्नुपर्छ । पर्यटन व्यवसायलाई प्रथमिकतामा राखेर राज्यले योजना निर्माण गर्नुपर्छ । सरकारले आन्तरिक पर्यटन क्षेत्रको विकास गर्नका लागि दरिलो नीति र निकाय बनाएर अगाडी बढ्नुपर्छ । पर्यटन बोर्डलाई परिष्कृत गरेर सशक्त बनाएर अगाडी बढाउनुपर्छ । नयाँ गन्तव्यको खोजी गरी त्यसको प्रचारप्रसार संसारभर गर्नुपर्छ । हरेक ठाउँमा पर्यटकको सेवा र सुविधा विस्तारमा जोड दिइनुपर्छ । पाहुनाको स्वागत सत्कार नेपालीको संस्कारलाई चरितार्थ गरी पर्यटकलाई नयाँ ठाउँको नयाँ अनुभव, असल व्यवहार, राम्रो वातावरण, सजिलो पहुँच, सुलभ सेवा, नयाँ र विशेष प्याकेजबाट मुल्यअनुसारको सन्तुष्टि पर्यटकलाई दिलाउन सके नेपालको पर्यटन क्षेत्रमार्फत सम्बृद्ध मुलुक बनाउन सकिन्छ ।