“आमा भन्दै रुन पाउँ बिराउँदा बाटो,
मुटु दुख्दा छुन पाउँ एक मुठी माटो ।
ंचिरेर हेर यो मुटु मेरो छाती झण्डाले बनेको
उठेर हेर अलिक माथी माटोले भनेको ।
छातीमाथि रोपेको छु फर्फराउने झण्डा
मैले देख्ने जमिन ठुलो आफ्नै प्राण भन्दा ।
मुलुकको प्रशासनिक जिवनमा शंकरप्रसाद कोइरालाको साहित्यिक नाम हो, एसपी कोइराला । माथिका राष्ट्रिय भावनाका मर्मस्पर्शी गीत पनि उनैले लेखेको हुन् । २०३६ साल देखि नै साहित्य लेखनी सुरु भयो उनको । कविता गीत, कथा, हास्यव्यग्यं लेखनमा कहलिएका कोइरालाका प्रकाशित कृति भने तीनवटा छन् । छाँकीको घाँस, कविता संग्रह, २०५७, धड्कनभित्र, गीतीसग्रंह, २०६१ र निर्वस्त्र नगरीमा , कविता संग्रह, २०६४ । अग्रेंजी कवितासंग्रह र चित्रकलाको पुस्तकका साथै कथा र गीतीसग्रंह प्रकाशोन्मुख छ ।
यति मात्र होइन । सागिंतिक जगतमा पनि एसपी कोइरालाको बेग्लै सुनाम छ । धड्कन भित्र (संगितकार चन्द्रराज शर्मा र सुदेश शर्मा (संयुक्त एल्बम), २०६३, उपमा (उपहार भाग २) संगितकार आलोकश्री, २०६४ उनिद्वारा रचित एकल एल्बम आइसकेका छन् ।
भोजपुरको भोजपुर बजार ४, पोखरेमा २०२० असार २ गते जन्मेका पुर्व प्रशासक कोइराला निजामति सेवामा २०४४ साउन १ गते देखि प्रबेश गरेका हुन् । पहिलो पदस्थापना उद्योग मन्त्रालयमा भयो उनको । लोकसेवा आयोगको खुला परीक्षाबाट एकैपटक ६ स्थानको अधिकृतको परीक्षा उत्र्तिण गरेको रेकर्ड पनि उनको छ । यतिमात्र होइन , नेपालमा पहिलोपटक खुला प्रतिस्पर्धाको माध्यमद्वारा शाखा अधिकृतबाट एकैचोटी सहसचिव हुने पहिलो व्यक्तिको रेकर्ड पनि उनकै छ ।
फिलिपिन्सबाट व्यवसायिक अर्थशास्त्र र त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर कोइरालाले कानुनमा स्नातक गरेका छन् । जम्मा २५ बर्ष १५ दिनको सरकारी जीवनमा उनले प्रशस्त कार्य अनुभव बटुलेका छन् । एसियाली बिकास बैक मनिला, फिलिपिन्समा सहयाक निर्देशकका रुपमा २०५० देखि २०५२ सम्म २ बर्षको अतिरिक्त अनुभव पनि छ उनिसँग ।
नेपालको भ्रमण बर्ष १९९८ को सदस्यसचिवकारुपमा सफलतापुर्वक कार्य गरेको अनुवभका साथै पर्यटन क्षेत्रमा सुधार एवं कार्य सरलीकरण र शिघ्र सेवाको प्रणाली निर्माण, सगरमाथा आरोहणको स्वर्ण महोत्सवको आयोजना, गन्तव्य नेपाल अभियान २००२–३ मा संयोजकका रुपमा सफलतापुर्वक कार्य गरेकोमा पनि उनलाई सम्झने गरिएको छ । लोकतन्त्र पछि एफएम र टेलिभिजनको उदारीकरण, सुचनाको हकसम्बन्द्दधी ऐन निर्माण, बिद्युत संकट निरुपण कार्ययोजना र जलबिद्युत क्षेत्रको सुधार, उद्योग क्षेत्रमा सुधारमा उनको योगदानलाई मुक्तकण्ठले प्रशंसा गरिँदै आएको छ ।क
लामो प्रशासनिक जीवनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयमा शाखा अधिकृत , सहसचिवका रुपमा १० बर्ष संस्कृति, पर्यटन तथा नागरिक ण्ड्डयन मन्त्रालयमा बित्यो उनको, २०५३ ािउनदेखि २०६३ साउनसम्म । यस्तै, सहसचिवका रुपमा ६ महिना बाणिज्य मन्त्रालयमा पनि काम गरेको अनुभव छ उनिसँग । सुचना तथा सञ्चार मन्त्रालयमा १४ महिना कायमुकायम सचिवका रुपमा कार्य गरी त्यँहीको सचिवका साथै जलस्रोत र उर्जा सचिवको जिम्मेवारी पनि निर्वाह गरे उनले । पहिलो उर्जा सचिव बनने अवसर पनि उनलाई नै मिल्यो ।
त्यासो त नेपाल ट्रष्टको कार्यालय, उद्योग मन्त्रालय र निर्वाचन आयोगको सचिवको रुपमा पनि काम गरे उनले । कोइरालाको अन्तिम कार्यालय रह्यो, निर्वाचन आयोग । यसरी २०४४ साउन १ गते देखि सेवा प्रबेश गरेका कोइरालाको जागिरे जीवनले२०६९ साउन १५ गते बिश्राम लिये । त्यत्बिेला उनले आफुलाई बरियताका क्रममा पहिलो स्थानमा हुँदा हुँदै पनि सरकारले बरिष्ठता र कार्यक्षमताको बैधानिक प्रणाली लाई मिचेर बरियताक्रममा आठाँै स्थानमा रहेका व्यक्तिलाई मुख्य सचिवको पदमा बढुवा गरेको निर्णय बिरुद्ध असहमति जनाई राजिनामा दिएका हुन् ।
यो त भयो प्रशासनिक जीवनको छोटो परिचय । प्रशासन, साहित्य र समाजसेवाका त्रिवेणी हुन् कोइराला । उनको जिम्मेवारी तथा संलग्नता रहेका ठाउँ हुन्, रोटरी क्लब अफ बानेश्वर, लायन्स क्लब अफ दिङ्ला भोजपुर, नेपाल व्यवस्थापन संघ आदि । साथै आर्थिक तथा व्यवस्थापन लेखन फोरमका महासचिव , नेपाल टेपलकम र रेडियो नेपालका अध्यक्ष, नेपाल बायु सेवा निगमका संचालक, गरिबी निवारणका लागि ग्रामिण पर्यटन कार्यक्रमको परियोजना निर्देशक, नेपाल भ्रमण बर्ष १९९८ अभियानका सदस्य सचिव अनि सगरमाथा सफल आरोहणको स्वर्ण महोत्सब कार्यक्रमको संयोजकसमेत रहि सकेका छन् ।
प्रमण्डल नेताका रुपमा उनको अन्तर्राष्ट्रिय प्रतिनिधित्व एवं सहभागिताका बारेमा पनि यँहा सामान्य चर्चा गरिन्छ । नेपाल भारत जलस्रोत सचिवस्तरिय जलस्रोत समितिको पाचाँै बैठकमा सहअध्यक्षता, पोखरा नोभेम्बर २००९, नेपाल भारत जलस्रोत सचिवस्तरिय जलस्रोत समितिका चौेथो बैठकमा सहअध्यक्षता, नयाँदिल्ली, भारत मार्च २००९, नेपाल भारत जलस्रोत सचिवस्तरिय जलस्रोत समितिका तेस्रो बैठकमा सहअध्यक्षता, काठमाण्डौ, सेम्टेम्बर २००८, अन्तर्राष्ट्रिय दुरसंचार संघको महासभा, अन्तालिया, टर्की, नोभेम्बर २००७, ९क्ब्क्भ्ऋ० को सुचना तथा प्रबिधि कार्य समुहको बैठक, ढाका, बंगलादेश, सेम्टेम्बर २००६, अन्तर्राष्ट्रिय टुरिज्म बोर्स, आइटिबी, बर्लिन, जर्मनी, मार्च २००६, वलर्ड टुरिज्म मार्ट, लण्डन, संयुक्त राज्य अमेरिका, अक्टुबर, २००४, विश्व पर्यटन संगठनको कार्यकारी परिषद्को ७३ आँै बैठक, हैदरावाद, भारत, जुलाई २००४ मा सहभागिता रहेको थियो । त्यस्तै। अन्तर्राष्ट्रिय पर्वतारोहण संघको महासभा, एरिजोना, संयुक्त राज्य अमेरिका, अक्टुबर, २००२, अन्तराष्ट्रिय पर्वतारोहण संघको महासभा, पेरिस, फ्रान्स, अक्टुबर २०००, दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को अन्तरसरकारी समुहको दोस्रो बैठक, काठमाण्डौ, सन् १९९७ मा उनको सहभागिता थियो ।
हाल राम मन्दिर मार्ग, बत्तिसपुतली, हाइट, काठमाण्डौमा बस्ने पुर्व सचिव कोइरालाले पोल्याण्ड, संयुक्त अधिराज्य, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, फ्रान्स, इटाली, सिंगापुर, अष्ट्रेलिया, न्युजिल्याण्ड, भारत, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, जर्मनी, फिन्ल्याण्ड, बेल्जियम, स्वीडेन, नेदरल्याण्ड्स म्यान्मार, स्वट्जरल्याण्ड, स्पेन, दक्षिण कोरिया, लाओस, भियतनाम, क्यम्बोडिया, जापान, चीन, कतार, हङकङ, (चीन), अष्ट्रिया, मलेसिया, संयुक्त राज्य अमेरिका, टर्कि, साउदी अरेबिया, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स आदि मुलुकको भ्रमण गरेका छन् ।