ताल र हिमाल हेर्दै केबलकारमा सरर सराङकोट
कास्की । पोखरामा पाइला टेकेपछि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ फेवाताल । तालको दृश्यावलोकन गर्दै डुङ्गा सयर गरेर आनन्द लिएपछि अधिकांशको गन्तव्य सराङकोटतर्फ मोडिन्छ । आँखै अगाडि टाँसिन आइपुग्ने सुन्दर हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, पोखरा शहरसहित