काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)बीच ३ बुँदे सहमति भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा सन्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाईएको विप्लव समूह माथीको प्रतिबन्ध हटाउने, सम्पुर्ण बन्दीको रिहाई र मुद्धा खारेज लगायतका बिषयहरु रहेका छन् ।
सहमतिका बिषयमा भोलि विशेष कार्यक्रमको आयोजना गरेर सार्वजनिक गर्ने बताईएको छ । उक्त समारोहलाई नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताइएको छ ।