काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा गृहमन्त्रीमा पुन: नियुक्त हुनुभएका रामबहादुर थापा बादललाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । गृहमन्त्रीमा पुन: नियुक्त हुनुभएका रामबहादुर थापाले राष्ट्रपति भण्डारीसमक्ष सपथ लिनुभएको हो । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी गराउनुभयो ।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुभएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने सहभागी हुनुभएन ।
सपथ लिन बादल नेपाली पोशाक दौरासुरुवालमा उपस्थित हुनुभएको थियो ।