Margadarsan


  • भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण   

    मार्गदर्शन २२ चैत्र २०७७, आईतवार

    मुम्बई । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ ।  उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ ।

    उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ ।   अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताउनुभएको छ ।

    कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

    फेसबुक प्रतिक्रिया