Margadarsan


  • दाङमा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, ६ जना गम्भीर

    मार्गदर्शन २० चैत्र २०७७, शुक्रबार

    दाङ  दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।
    मृतकको सनाखत हुन सकेको छैन । सो दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताउनुभयो । घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया