Margadarsan


  • आजदेखि काठमाडौं मेयर कप क्रिकेट सुरु हुने

    मार्गदर्शन २२ फाल्गुन २०७७, शनिबार

    काठमाडौं । आजदेखि काठमाडौं मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । पहिलो संस्करणको यो प्रतियोगिताको

    उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । आजै नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच पनि खेल हुँदैछ । यी दुई टोलीबीचको खेल भने मूलपानी क्रिकेट मैदानमा हुने भएको छ ।

    आगामी फागुन २९ सम्म चल्ने यस प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश र काठमाडौं मेयर-११ गरी ५ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा मेयर-११ टिमको कप्तानी सन्दीप लामिछानेले गर्दै छन् । मेयर-११ मा प्रदेश-१, प्रदेश-२, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी रहेका छन् । अन्य टोली प्रधानमन्त्री कपमा सहभागी भइसकेका टोली हुन् ।

    प्रतियोगिता सम्पन्न गर्नका लागि काठमाडौं महानगरले क्यानलाई ५० लाख रुपैयाँ दिएको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया