Margadarsan


  • स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली वामदेव निवास भैंसेपाटीमा

    मार्गदर्शन २१ फाल्गुन २०७७, शुक्रबार

    काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्न गौतम निवास पुग्नुभएको छ । उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुग्नुभएको थियो । गौतमका स्वकीय सचिव दीपक टमटका अनुसार केही दिनअघि उपाध्यक्ष वामदेव गौतम आफ्नै निवासभित्र लडेर उहाँलाई सामान्य चोटपटक लागेको थियो ।

    फेसबुक प्रतिक्रिया