Margadarsan


  • रसुवागढी नाका सञ्चालनमा आयो

    मार्गदर्शन २१ फाल्गुन २०७७, शुक्रबार

    काठमाडौं । माघ २९ गतेदेखि बन्द रहेको रसुवा नाका आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण बन्द नेपाल–चीन व्यापारीक नाका रसुवागढी सञ्चालनमा आएको रसुवा भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताउनु भएको छ ।
    नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।
    भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए ।
    यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध भएको छ । नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने रसुवागढी र तातोपानी नाकाबाट अहिले पनि कोटा प्रणालीमा माल वस्तु आयात हुने गरेको छ ।
    नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको भन्सार प्रमुख रेग्मीले जानकारी दिनु भएको छ ।

    फेसबुक प्रतिक्रिया