काठमाडौं । नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं आउँदैछन् । आज विहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गरेका हुन । सरकारसंगको वार्ता पछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको हो ।
हिजो साँझ ५ बजे नवलपरासी प्रवेश गरेका उनी राति देवचुली नगरपालिका –१३,का शहिद परिवार रमाको घरमा बसेका थिए । विहान कार्यकर्ताहरुसंगको भेटघाट पछि उनी प्रहरीको स्कटिङसहित काठमाण्डौं प्रस्थान गरेका हुन । देवचुलीबाट सार्वजनीक गाडी मार्फत काठमाण्डौं प्रस्थान गरेको जनाईएको छ ।
विप्लव संगै केन्द्रिय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सहयोगी रहेको बताइएकोछ ।
उनी दिउँसो काठमाडौंस्थित राष्ट्रियसभा गृहमा हुने कार्यक्रममा सहभागि हुँदैछन् । हिजो सरकारसँग तीन वुँदे सहमति गर्दै विप्लव नेतृत्वको पार्टी दुई वर्षपछि खुल्ला राजीतिमा आएको हो । आज हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्वोधन गर्ने कार्यक्रम छ । सहमति बारे विस्तृत विवरण पनि कार्यक्रममार्फत सार्वजनिक गर्ने बताइएको छ ।