Margadarsan


  • झम्सिखेलमाथि भगवतीको संघर्षपूर्ण जित

    मार्गदर्शन २० फाल्गुन २०७७, बिहीबार

    काठमाडौं । श्री भगवती युथ क्लबले झम्सिखेलमाथि रोमाञ्चक तर संघर्षपूर्ण जित हात पारेको छ । शहीद स्मारक बी डिभिजन लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा भगवतीले झम्सिखेलमाथि ३–२ को संघर्षपूर्ण जित हात पारेको हो ।
    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको खेलको सुरुमै भगवतीले सुनिल शाहीको आत्मघाती गोलबाट अग्रता पाएको थियो । ३२ औं मिनेटमा मदन स्याङतेनले गोल गर्दा झम्सिखेलले भूल सुधार गर्दै खेल १–१ को बराबरीमा ल्यायो । पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भगवतीले दुई गोल थप्दा झम्सिखेलले एक गोल मात्रै गर्दा उसले हार बेहोर्नुप–यो ।
    भगवतीका लागि नवराज गुरुङ र मोहनबहादुर थापाले दुई गोल गर्नुभएको थियो । गुरुङले ५६ औं मिनेटमा र मोहनले ८४ औं मिनेटमा गोल गर्दा भगवतीले संघर्षपूर्ण जित हात पार्न सफल भयो । त्यसअघि अनिश चौधरीले एक गोल गरेर खेल बराबरीमा ल्याउनुभएको थियो । भगवतीका आशिष श्रेष्ठ प्लेयर अफ द् म्याच घोषित हुनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया