काठमाडौं । पब्लिक युथ क्याम्पसको आयोजनामा पीवाईसी इन्टर कलेज टीयु बीबीए क्रिकेट प्रतियोगिता फागुन २० गतेदेखि शुरु हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा आयोजक पब्लिक युथ क्याम्पस र पाटन बहुमुखी क्याम्पसबीच उद्घाटन खेल मुलपानी क्रिकेट मैदानमा हुने भएको हो ।
इडुक्वेष्ट नेपाल र एक्स्लेसिया कलेज मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा काठमाडौं उपत्यकाभित्र र बाहिरबाट गरी जम्मा १७ वटा वि.वि.ए. क्याम्पसहरुको सहभागिता रहनेछ । प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा आई.सि.सि.को नियमअनुसार खेलाइनेछ ।
प्रतियोगिताका विजेताले ८५ हजार रुपियाँ, उपविजेताले ३५ हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।