विराटनगर । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको चैत्र २ गते मात्र छलपल हुने भएको छ ।
फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । तर बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई वैठक सारेको छ ।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले आज सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिँदै अबको बैठक चैत २ गते सोमबार १२ः३० बजे बस्ने जनाएका छन् ।
मुख्यमन्त्री राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो ।