Margadarsan


  • मिस जर्मनीको ताज दुई सन्तानकी आमालाई

    मार्गदर्शन १८ फाल्गुन २०७७, मंगलवार

    काठमाडौं । जर्मनीमा ३३ वर्षकी अन्या कालेनबाखले मिस जर्मनीको ताज जितेकी छिन् ।
    गत शनिबार आयोजित फिनालेमा दुई सन्तानकी आमा अन्याले मिस जर्मनीको ताज जितेपछि उनको चर्चा विश्वभर फैलिएको छ ।
    यसका साथै मिस जर्मनीको आयोजना गर्नेहरुको पनि अहिले विश्वभर प्रशंसा भइरहेको छ । प्रतियोगिता आयोजकले यसपटकको प्रतियोगितामा महिलाको शारीरिक सुन्दरतालाई भन्दा व्यक्तित्व र विचारमा ध्यान केन्द्रित गरेको बताइएको छ । प्रतियोगितामा यस पटक स्विम सुट वाक गराइएको थिएन ।

    यसप्रकारका सुन्दरी प्रतियोगिताहरुमा महिलाको शारीरिक सुन्दरतालाई मात्र प्राथमिकता दिइएको भन्दै विश्वभर आलोचना हुने गरेको छ ।

    उता अमेरिकामा पनि महिलाले स्विमसुट लगाउनुपर्ने नियम हटाइएको छ । मिस जर्मनीमा महिलाको व्यक्तित्व र उनीहरुको विचारलाई प्राथमिकता दिन मिस जर्मनीका आयोजकले १८ देखि ३९ वर्षसम्मकाले प्रतियोगितामा भाग लिन पाउने नियम बनाएका थिए । जसका कारण दुई सन्तानकी आमा ३३ वर्षकी आन्या पनि यस प्रतियोगितामा सहभागी भएकी थिइन् । अन्ततः उनले शारीरिक सुन्दरताभन्दा व्यक्तित्व र विचारका कारण मिस जर्मनीको ताज जित्न सफल भएकी हुन् ।

    फेसबुक प्रतिक्रिया