Margadarsan


  • पल र मलिकाको जोडी अब चलचित्रमा  

    मार्गदर्शन १७ फाल्गुन २०७७, सोमबार

    काठमाडौं । नायक पल शाह र नायिका मलिका महतद्वारा अभिनित २ वटा भिडियोले बजारमा तहल्का नै मच्चायो ।

    ‘फुलबुट्टे सारी र टाढा भए पनि’ बोलको गीतमा देखिएपछि यो जोडीलाई दर्शकले अत्यधिक रुचाए । म्यूजिक भिडियोमा चलेपछि पल र मलिकालाई लिएर चलचित्र बनाउने तयारी गरिएको हो ।

    पल र मलिकालाई लिएर ‘फुलबुट्टे सारी र टाढा भए पनि’ बोलको गीतको भिडियो तयार गरेको केन्द्र मोसन पिक्चर्सले नै चलचित्रको तयारी गरेको हो । यतिबेला चलचित्रको धमाधम कथा लेख्ने काम भइरहेको छ । पोखरामा रहेर कलाकार माओत्से गुरुङ र उनको टिमले चलचित्रको कथा लेखिरहेको छ ।

    फेसबुक प्रतिक्रिया