काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ ।
प्रधानसेनापति थापाले छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आज खोपको पहिलो डोज लिएको नेपाली सेनाले जनाएको छ ।
नेपालमा चार लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
नेपालले भारतबाट २० लाख डोज खोप किनेकोमा १० लाख डोज नेपाल आइसकेको छ। सुरुमा भारतले अनुदानमा भारतले १० लाख डोज खोप दिएको थियो। चीनले पनि नेपाललाइ ५ लाख डोज खोप दिने घोषणा गरिसकेको छ।
उक्त खोप दोस्रो चरणको खोप अभियान २३ गतेदेखि सुरु हुँदैन । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको छ ।
पचपन्न वर्षभन्दा माथिका अनुमानित सङ्ख्या ५१ लाख ६४ हजार २६९ छ । यो कूल जनसङ्ख्याको १७ प्रतिशत हो ।