काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बस्ने भएको छ।
आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी कमिटी वैठक मंगलबार र केन्द्रीय समिति बैठक बुधबार बोलाउने निर्णय गरेको बताइएको छ ।
स्थायी र केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बताइएको छ ।
बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले गर्नुभएको प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गर्ने निर्णय मान्य नहुने उनीहरुको दावी छ ।