काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नु भएको छ ।
आज बसेको मन्त्रिपरिषद् वैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले संसद् बैठक आह्वान गर्नु भएको हो ।
आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज सिफारिस पत्र पेस भएको र सोही बमोजिम संसद् बैठक आह्वान गरिएको जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।”