Margadarsan


  • प्रम ओलीद्वारा धरमपुर–मंगलबारे पुल उद्घाटन

    मार्गदर्शन १६ फाल्गुन २०७७, आईतवार

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा कमल गाँउपालिका वडा नं। २ मा क्याम्पाबाट धरमपुर–मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गर्नु भएको छ ।
    आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं। ५ मा पर्ने कमल गाँउपालिका आउनु भएका प्रम ओलीले निर्वाचनको समयमा आफ्नो निर्वाचन क्षेत्र तथा झापामा कहि पनि बाँस तथा काठको पुल नहुने दाबी गर्नु भएको थियो ।
    ओलीले कुनै भाषण नगरी पुलको रिविन काटेर उद्घाटनको घोषणा गरेर अर्को कार्यक्रममा जानु भएको बताइएको छ ।
    पुल बनेपछि शिवसताक्षी र कमलका बासिन्दालाई एकआपसमा जोडिन सहज भएको स्थानीयले बताएका छन् ।
    आज कमल गाँउपालिका र दमक नगरपालिकामा ओलीका आधा दर्जन कार्यक्रमहरु रहेका छन् । पुल उद्घाटन र शिलन्यासका कार्यक्रमहरु साँझसम्म रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया