काठमाडौं । गृह मन्त्रालयले प्रजीअहरू तथा सहायक प्रजीअ (सहसचिव र उपसचिव)को सरुवा र पदस्पथापन गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा गरेको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका कर्मचारीको पदस्थापना तथा अन्यको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
सरुवा हुनेमा ३६ जना प्रमुख जिल्ला अधिकारी समेत रहेका छन् । यस्तै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, जेलर र विभागका निर्देशकहरु रहेका छन् ।