काठमाडौँ । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उहाँलाई वीर अस्पताल लगिएको थियो । आज बिहान त्यहाँबाट नर्भिक अस्पताल पुऱ्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको छ । अहिले उहाँको आकस्मिक अपरेसनको तयारी भइरहेको बताइएको छ ।