काठमाडौं । प्रधानमन्त्री के.पी. ओलीको ७०औं जन्मोत्सवको पावन अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वल्र्ड बुक अफ रेकर्डस्का अध्यक्ष सागर कट्वाल, वरिष्ठ कलाकार निर्णय श्रेष्ठ, वरिष्ठ पत्रकार हरि गोपाल प्रधानलगायतले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा शुभकामना आदान प्रदान गर्नु भएको छ ।
वल्र्ड रेकर्डको प्रमाणपत्र सहित पुग्नुभएका शहरी विकास राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले विश्व कीर्तिमान राख्नुभएकोमा बधाई ज्ञापन गर्नुभएको थियो ।