Margadarsan


  • दुर्घटनामा परी घाइते भएकाहरुलाई प्रदेश प्रमुख झाद्वारा उद्दार

    मार्गदर्शन ११ फाल्गुन २०७७, मंगलवार

    जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज)ले सडक दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्दार गरी अस्पताल पुर्याउनु भएको छ ।
    जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा प्रदेश प्रमुख झाले निजगढ जङ्गलमा दुर्घटनामा परी छट्पटाइरहेको देखेपछि चारै जनालाई आफ्नै गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाउनुभएको बताइएको छ ।

    लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र ना ५६ प ७३६५ नम्बरको नेपाली मोटरसाइकल ठोक्किदा जीतबहादुर पहरी, सुरज पहरी, विकास यादव, चित्ररेखा यादव घाइते भएका थिए ।
    डा. झाले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएको बताइएको छ । प्रदेश प्रमुख डा. झाले नागरिकको जीवन रक्षाभन्दा ठूलो केही नहुने बताउनु भएको छ । डा.झाले आइतबार मात्र प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको हो ।

    फेसबुक प्रतिक्रिया