भरतपुर । उपप्रधानमन्त्री इश्वर पोख्रेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूहरूका लागि मान्य हुने बताउनुभएको छ ।
प्रेस संगठन चितवनले भरतपुरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले संसद विघटन सम्वन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय र पार्टीको आधिकारीकता र चुनाव चिन्ह सम्वन्धी निर्वाचन आयोगले गर्ने निर्णय आफूहरुका लागि मान्य हुने बताउनु भएको छ ।
लोकतन्त्रमा विमति राख्न पाइने तर शक्तिपृथकीकरणको सिद्धान्त अन्तर्गत सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णय मान्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
जनताले आफ्नो प्रतिनिधि छान्ने अवसर पाएको बताउँदै उहाँले अहिले जनताको आस्था र भरोसा भनेको सर्वोच्च अदालतप्रति रहेको बताउनु भयो।
पार्टीभिका केही अन्तरविरोधमा खेल्ने प्रवृत्ति भएका कुण्ठा र ईश्यामा रमाउनेहरुका कारण नेकपा विभाजन हुन पुगेको बताउनुहुदै नेकपाका सचिवालय सदस्य समेत रहनुभएका पोखरेलले देशलार्इ अस्थिर राजनीति गर्नेहरुवाट जोगाउनु आवश्यक भएको बताउनु भएको छ ।