Margadarsan


  • एकै परिवारका ३ जना मृत भेटिए

    मार्गदर्शन १० फाल्गुन २०७७, सोमबार

    गोरखा । गोरखाको बारपाकमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति खाना खाएर सुतेका उनीहरु विहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
    मृत्यु हुनेमा ८४ बर्षीय तिलबहादुर गुरुङ, उनकी बुहारी आइत कुमारी गुरुङ र तिलबहादुरकी नातिनी (छोरीकी छोरी) १३ बर्षीया उषा गुरुङ रहेको बताइएको छ ।
    विहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले खोजी गर्दा उनीहरु घरभित्रै मृत अवस्थामा फेला परेका हुन । उनीहरूको मुखमा फिँज आएको थियो।

    फेसबुक प्रतिक्रिया