Margadarsan


  • १८ क्वीन्टल अवैध लागूऔषध गाँजा जलाई नष्ट

    मार्गदर्शन ९ फाल्गुन २०७७, आईतवार

    मकवानपुर । राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल अवैध लागूऔषध गाँजा प्रहरीले जलाई नष्ट गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा सोही गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले हवाई फायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

    सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कान्छालाला रुम्वालाई नियन्त्रणमा लिएको छ । साथै सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको अवैध लागूऔषध १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ समेत प्रहरीले बरामद गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया