Margadarsan


  • कलाकार सिम्खडाको कविता संग्रह विमोचन

    सुरेन्द्र श्रेष्ठ २९ माघ २०७७, बिहीबार

    काठमाडौं । कलाकार तथा हास्यव्यंयकार श्रीकृष्ण सिम्खडाले कविता संग्रह प्रकाशित गरेका छन् । ‘श्रीकृष्ण सिंमखडाका कविताहरु’ नामक पुस्तकको आज एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।
    पुस्तकको विमोचन साहित्यकार, लेखक शंकरप्रसाद कोइराला तथा उहाँका पुजनीय माता धनकुमारी कोइरालाको हातबाट भएको हो ।
    कोभिड १९ को महामारीको समयमा भएको फुर्सदको समयलाई सदुपयोग गर्दै मनमा फुरेका शब्दलाई टिपोट गर्दै राख्दा यो कविता संग्रह बनेको सिम्खडाले बताएका छन् ।


    कविता संग्रहमा पर्खालभित्र बस्छ, हो कि होइन ल भन्नुस्त ?, प्याज किन्न गाथ्यो, उस्लाई लाज लाग्दैन, हावा चलि रह्यो, ओइ खान्छस्, बच्चपनदेखि पच्चपन, वैधानिक गुन्डा, दशैको शहर हरायो, सुतेरै बुढो भए भन्छ, नेताजी, कोरोना थियो थिएन, मेरो टोलमा साहुँ छ जस्ता शीर्षकमा ३६ वटा कविता समेटिएका छन् ।
    विमोचन समारोहमा साहित्यकार कोइराला, पूर्वसचिव केशव भट्टराई, भोजपुर सेवा समाजका अध्यक्ष पासाङ शर्पा, पशुपति विकास कोषका सदस्य देवी वराल तथा गीतकार दिपेन्द्रनाथ शर्माले पुस्तकका बारेमा टिप्पणी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया