Margadarsan


  • दाहालको ‘लेन्डुप’ अवतार

    अमूल्य थारु २९ माघ २०७७, बिहीबार

    स्वतन्त्र देश सिक्किमको राजनीतिमा हस्तक्षेप गरियोस भन्दै तत्कालिन नेता लेन्डुप दोर्जेले दिल्ली गुहारेपछि भारतले जनमतसंग्रहको नाटक रचेर सो भूमिलाई विलय गरेको थियो भने पुष्पकमल दाहालले माघ २८ गते काठमाडौंमा आयोजित कार्यक्रमा नेपाली राजनीतिमा विदेशी हस्तक्षेप हुनुपर्छ भन्ने आशय व्यक्त गर्दा त्यसकै झझल्को आएको देखिन्छ ।
    कतिपयले दाहालको अनुहारमा लेन्डुप अवतार देखिएको भन्दै टिप्पणी गरेका छन् । उनले सरकारप्रति आक्रोश व्यक्त गर्ने क्रममा भारत, चीन, अमेरिका र व्रिटेन जस्ता शक्तिले लोकतान्त्रिक आन्दोलनलाई समर्थन गर्नुपर्छ भने पनि प्रकारान्तरले त्यसबाट विदेशी हस्तक्षेप बढ्न सक्ने राजनीतिक विश्लेषकहरुको तर्क छ ।

    सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केही मुुलुकको नाम लिएर उनीहरुबाट हस्तक्षेप होस भन्ने अभिव्यक्ति किन दिए भन्ने प्रश्नबारे विचार गर्दा २०५२ सालमा शुरु भएको सशस्त्र विद्रोह समेत भारतकै इशारा र व्यवस्थापनमा भएकाले उनी अहिले पनि त्यस्तै सहज बाटो खोजिरहेका छन् भन्ने बुझन सकिन्छ ।

    भारतले नेपालबारे डिसेम्वर २४ तारिखमा टिप्पणी गर्दै प्रतिनिधिसभा विघटनलाई ‘नेपालको आन्तरिक मामिला’ भनेको छ । प्रजातान्त्रिक प्रक्रिया अनुसार यसको समाधान हुनुुपर्छ भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकारहरुलाई भारतले नेपालका घटनालाई सुक्ष्मरुपले अध्ययन गरिरहेको बताएका थिए ।
    झण्डै दुई महिना अघि प्रतिनिधिसभा विघटन भएपनि अहिलेसम्म अन्तर्राष्ट्रिय समुदायबाट नेपाल सरकार र प्रधानमन्त्रीका विरुद्ध नकारात्मक प्रतिक्रिया आएको देखिदैन । त्यो भनेको ‘मौनं सम्मति लक्षणम्’ नै हो ।
    सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केही मुुलुकको नाम लिएर उनीहरुबाट हस्तक्षेप होस भन्ने अभिव्यक्ति किन दिए भन्ने प्रश्नबारे विचार गर्दा २०५२ सालमा शुरु भएको सशस्त्र विद्रोह समेत भारतकै इशारा र व्यवस्थापनमा भएकाले उनी अहिले पनि त्यस्तै सहज बाटो खोजिरहेका छन् भन्ने बुझन सकिन्छ ।
    यसअघि पनि दाहाल–नेपाल समूहले पत्रकार सम्मेलनमा आफ्नो विरोध कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रले सहयोग गर्नुपर्ने माग गरेका थिए । कान्तिपुर टेलिभिजनको फायरसाइड’ कार्यक्रमलाई दिएको अन्तर्वार्तामा चीन र भारतले आफूहरुलाई नैतिक समर्थन समेत नगरेको भन्दै दाहालले चित्त दुखाएको दृश्य सार्वजनिक भएको थियो ।

    २०४६ सालको आन्दोलन चलिरहँदा माधव नेपालले भारतीय सेना बोलाएर नेपाली सेनालाई परास्त गर्नुपर्ने तर्क गरेका थिए । उनले राजा वीरेन्द्रलाई कमजोर बनाउन त्यस्तो कदम आवश्यक पर्ने र प्रजातन्त्रकै लागि हुने तर्क गर्दा तत्कालिन महासचिव मदन भण्डारीले त्यस्ता शव्द फिर्ता लिन माधव नेपाललाई चेतावनी दिएको राधाकृष्ण मैनालीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

    सन् १९७१ मा भारतकै हस्तक्षेपले पाकिस्तान टुक्रिएर पूर्वी पाकिस्तान (हालको बंगलादेश) बनाउन शेख मुजीबुर रहमानले भारतपरस्त भएर भूमिका खेलेपछि राष्ट्रिय अस्तित्व नै समाप्त भएको थियो । त्यस्तै सन् २०११ मा सुडानलाई दुई टुक्रा बनाउने, इथियोपिया टुक्र्याउने र इन्डोनेसियालाई दुई फ्याक बनाउने खेलहरुको इतिहास पढ्दा पुष्पकमल दाहालकै चरित्र भएका नेताहरुले भूमिका खेलेको देखिन्छ ।
    दोस्रो विश्वयुद्धको सेरोफेरोमा नर्वेका रक्षामन्त्री क्वीजलिङले जर्मनीको सेना बोलाएर हस्तक्षेप गराएको इतिहासमा उल्लेख छ । विभिन्न राजनीतिक घटनाक्रममा सो राष्ट्रघाती कदमलाई उदाहरणका रुपमा लिने गरिन्छ । क्वीजलिङले राजा भिटकुनसँग विवाद बढेपछि विदेशी सेना बोलाएका थिए ।
    २०४६ सालको आन्दोलन चलिरहँदा माधव नेपालले भारतीय सेना बोलाएर नेपाली सेनालाई परास्त गर्नुपर्ने तर्क गरेका थिए । उनले राजा वीरेन्द्रलाई कमजोर बनाउन त्यस्तो कदम आवश्यक पर्ने र प्रजातन्त्रकै लागि हुने तर्क गर्दा तत्कालिन महासचिव मदन भण्डारीले त्यस्ता शव्द फिर्ता लिन माधव नेपाललाई चेतावनी दिएको राधाकृष्ण मैनालीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । अहिले पनि प्रजातन्त्रका नाममा विदेशीले हस्तक्षेप खोज्नु पुष्पकमल दाहाल, माधव नेपालहरुको रहर नभएर विदेशीको निर्देशन नै हो कि भनेर बुझ्नुपर्ने अवस्था आएको छ ।

    फेसबुक प्रतिक्रिया