काठमाडौं । नायिका सुष्मा कार्कीले आफूमाथि नायिका श्वेता खड्काले कुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
सोमबार साँझ दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूमाथि अभिनेत्री खड्कासँगै उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट तथा गालीगलौज गरेको भन्दै उनीहरुलाई कारवाही माग गर्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।
दरबारमार्गका डीएसपी रामेश्वर पौडेलले अभिनेत्री कार्कीको उजुरी बारे छलफल गर्न दुवै पक्षलाई बोलाइएको बताएका छन् ।
अभिनेत्री कार्कीले श्वेताले गालीगलौज गरेको र उनकी बहिनी आरतीले कुटपिट गरेको भिडियोसहितको प्रमाण आफूसँग सुरक्षित रहेको बताएकी छन् ।