Margadarsan


  • सरकारको काममा जनताको साथ छ, प्रचण्ड–माधवका सिङ्ग फुक्लिसके : प्रधानमन्त्री ओली

    मार्गदर्शन १२ माघ २०७७, सोमबार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा जनताको साथ रहेको बताउनु भएको छ । सरकारले गर्ने काममा अवरोध गर्न खोज्ने प्रचण्ड–माधवहरुको सिङ्ग फुक्लिसकेको बताउनु भयो ।
    दाङको भालुवाङमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले दुई/चार जनाले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने वताउनु भयो । आफूहरुले वैठक छोडेर हिडेकाहरुलाई कुनै कारवाही नगरिएको वताउँदै उहाँले गल्ती सच्याएर फर्किए पार्टीको ढोका खुल्ला रहेको पनि बताउनु भयो ।
    पार्टी बैठकमा नआएर बैंक्वेट र रेष्टुरेष्टमा बसेर केपी ओलीलाई अध्यक्षबाट, साधारण सदस्यबाट हटाइयौ भन्नेहरुलाई निर्वाचन आयोगले उचित जवाफ दिएको बताउनु भएको छ ।
    प्रधानमन्त्री ओलीले भन्नुभयो “आफूलाई पार्टीबाटै हटायौ भन्दै प्रचार गर्नेहरु ओली पृथ्वीमै नरहे हुन्थ्यो भनेर भनिरहेको छन् । तर उनीहरुले भनेर केही हुनेवाला छैन ।”
    पार्टी फुटाउन लागेका केही व्यक्तिहरुले निर्वाचन आयोग पुगेर निर्वाचन नगर भनेको वताउँदै प्रधानमन्त्री ओलीले चुनाव नगर भन्ने कसरी लोकतन्त्रवादी हुन्छन् ? भन्ने प्रश्न गर्नु भएको छ ।
    त्यस्तै उनीहरु (दाहाल–नेपाल समूह)ले अदालतलाई धम्की दिएको पनि बताउनु भयो । ‘अदालतले आफ्ना पक्षमा फैसाल गर्ने छ, गरेन भने …..’ भन्दै धम्क्याउने काम गरेको वताउँदै उहाँले अदालतले कसैको धम्कीले डराउने र चाहना पूरा गर्ने ठाउँ नभएको बताउनु भयो । उहाँले अदालतले संविधान अनुसार निर्णय गर्ने र त्यो निर्णय प्रतिनिधिसभा विघटनका पक्षमा हुने बताउनु भयो ।
    आफू हारेर पनि प्रधानमन्त्री हुन चाहने, हारेर पनि अध्यक्ष हुने चाहना राख्ने मान्छे नभएको बताउँदै प्रधानमन्त्री ओलीले स्थायित्व विथोल्ने, देशको विकासमा अवरोध गर्ने र जनताको चाहनालाई ठेस पुर्याउनेहरुलाई आगामी वैशाखमा हुने निर्वाचनमा जनताले छानीछानी दण्डित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    प्रधानमन्त्री ओलीले निर्धारित मितिमै चुनाव भइछाड्ने वताउँदै नेता कार्यकर्तालार्इ चुनावको तयारीमा लाग्न समेत निर्देशन समेत दिनु भएको छ ।
    प्रधानमन्त्री ओलीले अदालतमा जेष्ठ अधिवक्तालाई किन दुःख दिएको भनेर दिएको अभिव्यक्तिलाई बंग्याएर अदालतको मानहानीको रुपमा ब्याख्या गर्न खोजिएको बताउनु भएको छ ।

    फेसबुक प्रतिक्रिया